पहिरोका कारण नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

पहिरोका कारण नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

धादिङ  :  पहिरोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको हो । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उहाँले बताउनुभयो ।