माओवादी केन्द्र संविधानको रक्षा गर्न सफल भएको छ : प्रदेश सांसद दाहाल

माओवादी केन्द्र संविधानको रक्षा गर्न सफल भएको छ :  प्रदेश सांसद दाहाल

चितवन, ५ भदौ । वागमती प्रदेश सांसद तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य घनश्याम दाहालले अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी केन्द्रको दायित्व रहेको बताउनुभएको छ । चुनाव जित्नु र ठूलो दल बन्नु मुख्य कुरा नभएको र १० बर्षे जनयुद्धका कारण प्राप्त भएको गणतन्त्र लोकतन्त्रको रक्षा गर्नु नै माओवादी केन्द्रको प्रमुख कार्यभार रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको बैठकलाई सम्बोधन गर्दै सांसद दाहालले भन्नुभयो, “पद र ठूलो पार्टी बन्नका लागि नेकपा एमालेसँग पार्टी एकता गरेको होइन, हामीले समाजवाद संविधानमा समाज उन्मुख भनेका छौँ तर कम्यूनिष्टको सरकार हुदाँ पनि हामी समाजवाद तिर जान सकेन भने कसरी एक हुन सक्छौँ, पार्टी एकता दश बर्षे जनयुद्धको उपलब्धी गणतन्त्र, लोकतन्त्र संविधानको रक्षा गर्दै समाजबादको यात्रा तय गर्न हो मन्त्री साम्सद बन्नका लागि होइन तर केपी शर्मा ओली अहिले उपलब्धी व्यवस्था, संविधान मास्न तर्फ लागे त्यसैले एकता टिक्न सकेन”। उहाँले अहिले माओवादी केन्द्र संविधानको रक्षा गर्न सफल भएको बताउनुभयो । माओवादीले भने जस्तो पूर्ण नभए पनि यो संविधान दश बर्षे जनयुद्धको उपलब्धी भएको बताउँनु भयो ।


आगामी निर्वाचनमा माओवादी केन्द्रको जित हुने उहाँको दावी छ । “२०६४ सालमा चितवनमा ४ हजार हुँदा निर्वाचन हामीले जितेका थियौँ अहिले १५ हजार पार्टी सदस्य रहेको अवस्थामा जित्न गाह्रो छैन, सबै पार्टी सदस्यहरु जनता माँझ जानपर्छ ”। जनयुद्ध गर्दा जिल्ला कमिटीमा ७ जना मात्र रहेको स्मरण गराउनुभयो ।
बैठकमा सात वटै वडाका प्रतिनिधिहरुले पार्टीको अवस्था बारे रिपोर्टिङ गरेका थिए । वागमती प्रदेश सांसद तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य घनश्याम दाहाल अविनासको प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको विशिष्ट अतिथि र इच्छाकामनाका संयोजक हरि थापाको सभापतित्तवमा बैठक सम्पन्न भएको हो ।
बैठकमा गाउँकमिटीका सदस्य तथा वडा अध्यक्ष र सचिवहरुको उपस्थिति रहेका थिए । नेकपा माओवादी केन्द्र इच्छाकामनाले यस अघि सात वटै वडामा वडा कमिटी पुर्नगठन गरिसकेको छ ।

यूवा क्लबलाई पाँच हजार सहयोग 
यसैबिच नेकपा माओवादी केन्द्र इच्छाकामनाले याकराङ यूवा क्लब वडा नम्बर ६ लाई रु. ५ हजार नगद सहयोग गरेको छ । प्रमुख अतिथि घनश्याम दाहालले क्लबलाई रकम हस्तान्तरण गर्नु भएको हो । खेलकुद सामाग्री किन्नका लागि उक्त रक सहयोग गर्नुभएको हो ।
पार्टी कार्यालय भवन निर्माण गर्ने ।
यसैबचि नेकपा माओवादी केन्द्र इच्छाकामनाले पार्टी कार्यालयका लागि भवन निर्माण गर्ने भएको छ । पार्टीको नाममा कुरिनटारमा रहेको जग्गामा भवन निर्माण गर्ने भएको हो । उक्त भवन पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुको सहयोगमा निर्माण गरिने इन्चार्ज प्रताप गुरुङले बताउनुभयो । उक्त पार्टी कार्यालय भवन निर्माणका लागि इन्चार्ज गुरुङले आफुले रु. एक लाख सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभयो ।