लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीलाई विश्वासको मत प्राप्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीलाई विश्वासको मत प्राप्त

काठमाडौं  :  लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री केसीले ४२ सांसदले मत पाउनुभएको हो ।सभामुखसहित ४३ जना उपस्थित भएको बैठकमा १ जना तटस्थ बसेका थिए। एमालेले अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेको विरोधमा लगातार सदन अवरोध गरिरहेपछि बैठक बहिस्कार गरेको थियो।

लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन्। एमाले ३८ जना छन्। ८० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत आवश्यक पर्थ्यो।