भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा तत्काल गराउन निर्देशन

भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा तत्काल गराउन निर्देशन

काठमाडौं,८ भदौ । भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा तत्काल लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।

घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा तत्काल गराउन निर्देशन दिएकी हुन् । बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।

कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।