अवरुद्ध नारायणगढ – मुग्लिन सडक दुइतर्फी सञ्चालन

अवरुद्ध नारायणगढ – मुग्लिन सडक  दुइतर्फी सञ्चालन

कुरिनटार :  अविरल बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहिबार बेलुकी ८ बजे भरतपुर २९ स्थित नारायणगढ –मुग्लिन खण्डको सेतीदोभानमा पहिरो खसेर सडक दुइतर्फी पूर्णरुपमा अवरोध भएको थियो ।
पहिरो हटाई बिहान ९ः१० बजेदेखि बाटो सुचारु भएको प्रहरीले जनाएको छ ।