चितवनमा दुई जना नक्कली परीक्षार्थी पक्राउ

चितवनमा दुई जना नक्कली परीक्षार्थी पक्राउ

चितवन  : चितवनमा दुई जना नक्कली परिक्षार्थि पक्राउ परेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको पूर्व प्रकाशित सूचना अनुसार भाद्र महिनामा संचालन भएको डिप्लोमा तह प्रथम खण्डको सेमेष्‍टर प्रणालीको परीक्षा अन्तर्गत नारायणी बहुप्राबिधिक शिक्षालय, भरतपुर चितवन परीक्षा केन्द्रमा भदौ   ५  र १० गते  संचालन भएको डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ कार्यक्रमको केमेष्ट्रि बिषयको आंशिक तर्फको परीक्षाको परीक्षार्थी २ जनाको परीक्षा दिप कुमार राय र अर्को १ जना नाबालकले दिईरहेको अवस्थामा पक्राउ परेका हुन् । परीक्षा केन्द्रका कर्मचारीले नक्कली परिक्षार्थी फेला पारेको जानकारी गराएपछि तत्काल जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएका हुन् । पक्राउ परेका उनिहरुलाई म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।