पछिल्लो २४ घण्टामा चितवनमा ६७ जनामा कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा चितवनमा ६७ जनामा कोरोना संक्रमित थपिए

चितवन  :  चितवनमा पछल्लिो २४ घण्टामा ६७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ५० जना, माडीमा २ जना, रत्ननगर नगरपालिकामा १० जना, राप्तीमा २ जना, कालिकामा २ जना, र इच्छाकामना गाउपालिका १ जना थपिएका हुन् ।

यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ६३६ पुगेको छ ।

त्यसैगरी चितवनमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा चितवनका दुई, नवलपुरका एक र मकवानपुरका एक जना रहेका छन् ।

यस्तै अस्पताल र स्थानीय तहले बनाएका आइसोलेशनमा रहेका १२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।