एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको गाउँ स्तरीय परिषद् भेला सम्पन्न, नेपालको नेतृत्वमा नयाँ कमिटी गठन

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको गाउँ स्तरीय परिषद् भेला सम्पन्न, नेपालको नेतृत्वमा नयाँ कमिटी गठन

कुरिनटार, १२ भदौ । एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा पुन :  इश्वर नेपाल चयन हुनुभएको छ । संगठनको आज बसेको गाउँ स्तरीय परिषद भेलाले नेपालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नारायण भट्टराई, महिला उपाध्यक्षमा भगवती अर्याल, उपाध्यक्षमा ध्रुब अधिकारी, सचिवमा विर्ख बहादुर आले मगर सह–सचिवमा मदन कुमार चेपाङ र नारायण पौडेल चयन हुनुभएको छ ।

सदस्यहरुमा कुल बहादुर मगर, हिमलाल अधिकारी, मान बहादुर राना, चन्द्र कुमारी गुरुङ, सृजना चेपाङ, सोविता थापा मगर,श्रीमाया चेपाङ,गौरी नेपाल र लोक बहादुर मगर चयन हुनुभएको छ । ३ जना भने पछि थप गर्ने गरि कमिटी गठन गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाका सचिव विर्ख बहादु आले मगरले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि र एकिकृत अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हरिश चन्द्र सुुवेदीको विशिष्ट अतिथिमा परिषद् भेला सम्पन्न भएको हो ।
भेलामा एकिकृत अखि नेपाल नेपाल शिक्षक संगठन चितवनका वरिष्ठ उपाध्यक्ष रमेश अधिकारी (सुरज),नेकपा माओवादी केन्द्रका सह–इन्चार्ज सावित्रि सिलवाल,इच्छाकामनाका संयोजक हरि थापा नेपाल शिक्षक महासंघ इच्छाकामनाका सह–अध्यक्ष तूल बहादुर गुरुङ लगायत उपस्थित रहनुभएको थियो ।