आँबुखैरेनी ३ का वडा सदस्य केसीको पहलमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान

आँबुखैरेनी ३ का वडा सदस्य केसीको पहलमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ का एक जनप्रतिनिधिले उदाहरणीय काम गरेका छ्न् । वडा नं ३ का वडा सदस्य एवम् युवा समाजसेवी दिनेश केसीको आफ्नै पहलमा यति बेला आँबुखैरेनीको विभिन्न ९ वटा टोलमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान कार्य भैरहेको छ । तनहुँ हाइड्रोपावर प्रभावित क्षेत्रका स्थानीयको लागि तनहुँ विद्युतिकरण आयोजनाका इन्जिनियर कपिल पाण्डेसँग समन्वय गरि करिब १० किलोमीटर एबिसि तार उपलब्ध गराईएको केसीले बताउनुभयो ।

एक साता अघि देखि विभिन्न टोलमा एबिसी केबुल तार जडान कार्य भैइरहेको र केहि टोलमा जडान कार्य बाँकी रहेको केसीले जानकारी दिनुभयो । नाङ्गो तारबाट हुन सक्ने सम्बाधित दुर्घटना न्यूनीकरणका लागि आँबुखैरनीको छबिसे टोल, ॐ शान्ति टोल, कृष्ण मन्दीर टोल, बिच बजार टोल, जागृती टोल, एकता टोल, नमुना खत्री टोल, खान्टोक टोल, सुन्दर बस्ती टोल लगायतका स्थानमा कम्पनीका कर्मचारीहरुले एबिसि तार जडान गरिरहेका छ्न । केसी पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय रुपमा लागि परेका छ्न ।