वन्यजन्तुको आखेटोपहार सहित ३ जना पक्राउ

वन्यजन्तुको आखेटोपहार सहित ३ जना पक्राउ

तनहुँ :   तनहुँमा  वन्यजन्तुको आखेटोपहार सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ पर्नेहरुमा तनहुँ व्यास नगरपालिका–६ सिरुवारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, तनहुँ शुक्लागण्डकी नगरपालिका–१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र तनहुँकै शुक्लागण्डकी नगरपालिका–१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

पक्राउ परेका निजहरुको साथबाट प्रहरीले ५ फीट ७ इन्च लम्बाई २ फीट ५ इन्च चौडाई भएको बाघको छाला थान १, ३ फीट लम्बाई १ फिट ५ इन्च चौडाई भएको बाघको छाला थान १, बाघको बिभिन्न भागको हड्डीहरु सानो ठूलो गरी जम्मा १२२ वटा र नगद ५,५८५ रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका निजहरु उपर (राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९) अनुसार मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।