मौसम : देशभर सामान्य बदली रही केही स्थानमा मध्यम बर्षाको सम्भावना

मौसम :  देशभर सामान्य बदली रही केही स्थानमा मध्यम बर्षाको सम्भावना

काठमाडौँ :  मौपुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनएको छ ।