नेपाली कांग्रेस चितवनका युवा नेता उत्तम जोशीले गरे सभापतिको उम्मेरद्वारी घोषण

नेपाली कांग्रेस चितवनका युवा नेता उत्तम जोशीले गरे सभापतिको उम्मेरद्वारी घोषण

चितवन, भदौ १५–

नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले आसन्न १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । आज (मंगलबार) भएको भरतपुर महानगरपालिका–१० को क्रियाशिल वडा भेलामा सचिव जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् ।

उम्मेद्वार घोषणा गरेसंगै इच्छा खबरसंग कुरा गर्दै जोशीले उम्मेद्वार घोषणा लगत्तै धेरैबाट सकरात्मक प्रतिक्रिया पाएको बताए । उनले आफ्नै वडा भएकाले आजै उम्मेद्वारी घोषणा गरेको बताए । उनले एक व्यक्ति, एक पद, एक कार्यकाल हुनुपर्छ भन्ने मान्यता कायम गर्ने गरी उम्मेद्वारी घोषणा गरेको बताए । उम्मेद्वारी घोषणासंगै उनले ९ बुँदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेसको निर्वाचन तालिका सार्वजनिक भएसंगै चितवनमा चुनावी माहोल सुरु भएको हो । निर्वाचन तालिका अनुसार यही भदौ १८ गते वडा अधिवेशन हुँदैछ । जस अनुरुप असोज १० गते जिल्ला अधिवेशन हुँदैछ ।