देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित बर्षाको सम्भावना

देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित बर्षाको सम्भावना

काठमाडौँ जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रहि प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेश थोरै स्थानहरूमा वर्षा भएको छ।

दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ का एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।