चितवनको इच्छाकामना,गोरखाको मकैसिङ र भूम्लिचोक क्षेत्रमा दुई दिन विधुत सेवा अवरुद्ध हुने

चितवनको इच्छाकामना,गोरखाको मकैसिङ र भूम्लिचोक क्षेत्रमा दुई दिन विधुत सेवा अवरुद्ध हुने

कुरिनटार :  चितवनको इच्छाकामना,गोरखाको मकैसिङ र भूम्लिचोक क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । मस्र्याङ्गदी बहुउदेश्यीय सहकारी संस्था लि.मुग्लिनका अनुसार ११ केभिए प्रशारण लाइनमा बुस कटिङ्ग कार्य हुने भएकाले चितवनको इच्छाकामनाका मुग्लिन, केबुलकार,कुरिनटार चुम्लिङ्गटार फिस्लिङ्ग लगायतका क्षेत्र र गोरखाको मकैसिङ र भूम्लिचोक क्षेत्रमा शुक्रबार र शनिबार (भदौ १८ र १९ ) गते दुई दिन विहान ७ बजे देखि दिउँसो २ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने मस्र्याङ्गदी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।