नारायणगढ – मुग्लिन सडक अवरुद्ध

नारायणगढ – मुग्लिन सडक अवरुद्ध

मुग्लिन :नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना ६ पाँचकिलोमा आज विहान ७ :१५ बजे सडकमाथिबाट लेदो सहित पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक विभागको लोडर पहिरो स्थलमा पुगेपनि बर्षा भइरहेकोले पहिरो हटाउन कठिनाई भएको छ । सडक सुचारु नभएसम्म सुरक्षित स्थानमा सवारीलाई पार्किङ गर्न चालकहरुलाई प्रहरीलेअनुरोध गरेको छ ।