मुग्लिनबाट १६ किलो गाँजा सहित ३ जना पक्राउ

मुग्लिनबाट १६ किलो गाँजा सहित ३ जना पक्राउ

कुरिनटार : मुलिनब बजारबाट गाँजा सहित तीन जना पक्राउ परेका छन् । प्रहरी कार्यालय मुग्लिनले काठमाण्डौबाट मुग्लिनतर्फ आउदै गरेको ना ७ ख ५०११ नं। को यात्रुवाहक बसलाई मुग्लिन बजारमा चेकजाँच गर्ने क्रममा प्रहरीले शुक्रबार दिउँसो ४ः३० बजे १६ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा चितवन रत्ननगर १५ माधवपुर बस्ने २७ वर्षका सोनाम बाईवा, कालिका ८ कालिका टोलका २५ वर्षका बिमल तामाङ र काठमाण्डौ बुढानिलकण्ढ ३ तउलुङका ३० वर्षका राजकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरु मध्य सोनाम वाईवाको साथबाट ७ के।जी। बिमल तामाङको साथबाट ६ के।जी र राजकुमार तामाङको साथबाट ३ के।जी।गरी १६ केजी गाँवाँ बरामद गरेको छ।

यसैबिच गत माघ १५ गते राती ९ बजेको समयमा चितवन राप्ती नयाँबस्तीबाट ना २ ह ५८८० नं।को अटोमा ७ वटा पोकामा ३५ किलोग्राम गाँजा भेटिएकोमा फरार रहेको अटो चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ। उक्त अटोका चालक राप्ती १ पिप्लेका २० वर्षका मिनराज घलानलाई बिहिबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरुलाई अदालतमा पेश गरी म्याद थप गराई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।