मनकामना केबलकार मन्दिर खुलेपछि मात्र सञ्चालनमा आउने

मनकामना केबलकार मन्दिर खुलेपछि मात्र सञ्चालनमा आउने

कुरिनटार : आजदेखि सञ्चालनमा आउने भनिएको मनकामना केबलकार केही दिन पर सरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट कुनै निर्णय नआएकाले आजदेखि केबलकार सञ्चालन नगरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्जवल शेरचनले बताउनुभयो ।

उहाँका अनुसार मनकामना मन्दिर खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय गोरखाले निर्णय गरेपछि २/३ दिनमा केबलकार पनि सञ्चालन गरिने छ।

उहाँले भन्नुभयो,“ जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोधमा आज देखि सञ्चालन गर्ने भनिएपनि रोकिएको हो, जिल्ला प्रशासन कार्यालय गोरखाबाट मन्दिर खुल्ने २/३ दिनपछि निर्णय आउने छ, मन्दिरसँगै केबलकार पनि सञ्चालन गरिने छ ।”
कोभिड १९ को महामारीसँगै मनकामना केबलकार सेवा बन्द गरिएको हो ।