इच्छाकामनामा चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागीमा विदा दिन माग

इच्छाकामनामा चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागीमा विदा दिन माग

कुरिनटार  : नेपाल चेपाङ संघ वागमती प्रदेशले इच्छाकामनामा न्वागी पर्व (छोनाम ल्होसारको) दिन भोली (भदौ २२) गते स्थानीय विदा दिन माग गरेका छन् । आज प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टलाई स्थानीय विदाको माग गर्दै माग पत्र बुझाएका छन् । नेपाल चेपाङ संघ वागमती प्रदेशका सचिव लक्षमण चेपाङ, इच्छाकामना इकाइका अध्यक्ष विकास चेपाङ ,सचिव दीपा चेपाङ , सदस्यहरु शुक बहादुर चेपाङ र विर बहादुर चेपाङले आज माग मत्र बुझाएका हुन् । नेपाल चेपाङ संघ वागमती प्रदेशका सचिव लक्ष्मण चेपाङका अनुसार यस इच्छाकामना गाउँपालिकाको कुल जनसंख्या मध्ये ४५ प्रतिशत चोपाङ समुदायको बसोबास रहेका छन् ।


नेपाल सरकारको संघिय व्यवस्थाले स्थानीय तथा क्षेत्रिय भेगहरुमा समुदायको संस्कृतिको महत्वलाई मध्यजनर गरि स्थानीय विदा दिने व्यवस्था भएकाले यस क्षेत्रमा पनि बाहुल्यता रहेकाले चेपाङको राष्ट्रिय पर्व न्वागी (छोनाम ल्होसार)मा विदा दिनुपर्ने माग रहेको बताउनुभयो।
नेपालका सीमान्तकृत आदीवासी जनजाती भित्र पर्ने यस सुमदायको ठूलो चाड न्वागी (छोनाम ल्होसार) हो । यस जातीको आफ्नै मौलिक संस्कृति भेषुभषा, भाषा चाल चलन रहेका छन् । चेपाङ समुदायले हरेक बर्ष भदौ २२ गते न्वाघी (छोनाम ल्होसार) मनाउदै आएका छन् ।