नेपाली कांग्रेस इच्छाकामना सभापतिको पदको लागि बिष्णु कुवर द्वारा उम्मेद्बारी घोषणा ।

नेपाली कांग्रेस इच्छाकामना सभापतिको पदको लागि बिष्णु कुवर द्वारा उम्मेद्बारी घोषणा ।

कुरिनटार- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएसँगै पालिका स्तरिय अधिवेशनको तयारि सुरु भएको छ। नेपाली कांग्रेस चितवनको हिजो बसेको बैठकले चितवन जिल्लाका सबै स्थानिय तहमा भदौ ३० गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय गरे सङै स्थानिय तहको सभापति लगायत पदको लागि आकांक्षि हरुले धमाधम उम्मेद्बारी घोषणा गर्न थालेका हुन।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पनि भदौ ३० गतेलाइ पालिका स्तरिय अधिवेशनकोको समय तोकेपछी अधिवेशनको सर्गर्मी ह्वात्तै बढेको छ। सोही क्रममा नेपाली कांग्रेस इच्छाकामनाका पुर्व संयोजक समेत भैसकेका युवा नेता बिष्णु कुवरले सभापतिमा उम्मेद्बारी घोषणा गरेकाछन। आज बिहान सामाजिक संजाल मार्फत उनले उम्मेद्बारी घोषणा गरेकाहुन। उम्मेद्बारी घोषणाको बारे संचारकर्मीको जिज्ञासामा उहाले गत स्थानियतहको चुनावमा आफ्नै संयोजकत्वमा पार्टीले चुनाव जितेकोले आफ्नो पक्षमा सहमती जुट्नेमा आफू बिश्वस्त रहेको र दोश्रो सहमती हुदा पनि आफुले उम्मेद्बारी फिर्ता लिगेर सहमती नहुने बताउनुभएको छ। त्यस्तै नेपाली कांग्रेस इच्छाकामनाकी महिला नेतृ सृजना देवकोटाले पनि आजै सामाजिक संजाल मार्फत नेपाली कांग्रेस क्षेत्रीय कार्य समिती चितवनको सह सचिव पदमा आफ्नो उमेद्वारी घोषणा गर्नु भएको छ।
इच्छाकामना गाउँपालिकामा सभापती पदको लागि बिष्णु कुवरले उम्मेद्बारी घोषणा गरे सङै सभापतिको लागि प्रत्याशी हरुको प्रष्ट दुइ धार देखिएको छ। बर्तमान सभापति कृतीकुमार श्रेष्ठले पनि सभापति पदको लागि भित्री तयारी गरिरहेका छन। गाउँपालिकाउपाध्यक्ष समेत रहेका कृतीकुमार श्रेष्ठले अहिले सम्म सार्वजनिक रुपमा उम्मेद्बारी घोषणा नगरेको भएतापनी उनलाइ पनि सभापति पदको आकांक्षिको रुपमा हेरिएको छ। जनप्रतिनिधि भए सङै सामाजिक कार्यमा ब्यस्त कृतिकुमार श्रेष्ठले पनि अनौपचारिक रुपमा आफ्नो पक्षमा सहमती जुट्ने त्यसो हुन नसके चुनावनै भए पनि आफुले सजिलै जित्ने बिश्वास ब्यक्त गर्दै आएका छन। अहिले सम्म सभापती लगायत पदमा कति जनाले उम्मेद्बारी दिन्छन भनेर भन्न सक्ने अवस्था भने रहेको छैन।