पल्सर बाइकलाई ट्रकले ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु

पल्सर बाइकलाई ट्रकले ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु

चितवन :  चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भरतपुर महानगरपालिका–२, नारायणगढस्थित गणेशहल अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रत्ननगर नगरपालिका १० बस्ने ३१ बर्षिय यदुराज पौडेल रहेका छन ।

ना ८ ख ६२४९ नम्बरको ट्रकले ना ३९ प २०९३ नम्बरको पल्सर बाइकलाई आज विहान १०ः३० बजेको समयमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।