देवघाट ३ मा छिपछिपे खानेपानी परियोजनाको सुभारम्भ, त्रिपक्षीय सम्झौता

देवघाट : छिपछिपे खानेपानी परियोजना सुभारम्भ गरिएको छ । रोटरी क्लब अफ नारायणगढ र वाटर सेन्टर (ट्वान्टी वान) को संयुक्त आयोजनामा तनहुँको देवघाट गाउँपालिका ३ का छिछिपे गाउँका लागि मंगलबारदेखि छिपछिपे खानेपानी परियोजना सुभारम्भ गरेका हुन् ।
मंगलबार एक कार्यक्रम बीच नारायणगढ रोटरी क्लब, वाटर सेन्टर(ट्वान्टी वना) र देवघाट गाउँपालिकाबिच त्रिपक्षीय सम्झौता सम्पन्न गरेको नारायणगढका रोटरी क्लबका सचिव दिलीप तामाङले जानाकारी दिनुभयो ।
आयोजनाको सुभारम्भ गर्दै रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रो.अरुण कुमार खनालले छिपछिपे गाउँका ६२ घर धुरी स्थानीय सगैँ १ विद्यालय, १ स्वास्थ्यचौकी र कृषि कार्यालयका लागि पानी उपलब्ध हुने बताउनभयो । यस खाने पानी परियोजना सम्पन्न भएसंगै तरकारी लगायत कृषि उत्पादनमा बृद्धि भई यहाँको जनजीवन उकासिने विश्वास व्यक्त गर्नुभयो । यो परियोजना रु. ५१ लख ४४ हजार १३१ लागतमा सम्पन्न गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका सर्भिस प्रोजेक्टर चेयर रो.गुणेश्वर महत्तोले कार्यक्रम के कसरी सम्पन्न गर्ने भनि योजना कार्यन्वयन बारे प्रष्ट्याउनुभएको थियो ।
कार्यक्रममा छिपछिपे टोल विकास संस्थाका अध्यक्ष नवराज गुरुङ सरस्वती आमा समूहका अध्यक्ष हरिमाया गुरुङ,रोटरी क्लब अफ नारायणगढका निवर्तमान अध्यक्ष रो. अनुकुल श्रेष्ठ, पूर्वअध्यक्ष रो. शुसनलाल प्रधान,रो.अरुण श्रेष्ठ सहित स्थानीय ४८ जनाको सहभागिता रहेका थिए ।
सुभारम्भ कार्यक्रम सोलार लिफ्टिङ सिचाई तथा खानेपानी उपभोक्ता समितका अध्यक्ष रविन्द्र गुरुङको सभापतित्वमा सम्पन भएको हो । कार्यक्रम रो.यज्ञमुनि वज्रचार्यले सञ्चालन गर्नुभएको थियो ।
