तनहुँमा ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

तनहुँमा ट्रक दुर्घटना हुदाँ  चालकको मृत्यु

तनुहँ तनुहँमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखाेलामा आज विहान दुर्घटना हुदाँ अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो ।