वाइसियल इच्छाकामना ४ को अध्यक्षमा शमसेर थापा

वाइसियल इच्छाकामना ४ को अध्यक्षमा शमसेर थापा

कुरिनटार : नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ्ग कम्यूनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामना ४ को अध्यक्षमा शमसेर थापा चयन हुनुभएको छ । शनिबार सम्पन्न भेलाले थापाको नेतृत्वमा ६१ सदस्यीय वडा कमिटी चयन गरिएको हो ।
भेलाले उपाध्यक्षमा विकास रानामगर, अमर मगर, र राम गुरुङ, सचिवमा विकास चेपाङ, सह–सचिवमा सविना मगर र कोषाध्यक्षमा सजिना परियारलाई चयन गरेका छन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि तथा वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङको सभापतित्वमा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र इच्छाकामनाका सह–इन्चर्जा सावित्री सिलवाल, इच्छाकामनाका संयोजक हरि थापा लगायतको उपस्थिति रहेका थिए ।