इच्छाकामनामा ६१ जना अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश ।

इच्छाकामनामा ६१ जना अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश ।

कुरिनटार – इच्छाकामना गाँउपालिका ६ मा काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर ६१ जना एमालेमा प्रवेश गरेका एमालेले दाबी गरेको छ । हिजो सनिबार पार्टीको ६ नम्बर वडा भेलामा उनिहरुलाई स्वागत गरिएको हो ।
अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकाहरुलाई जिल्ला सचिव प्रकाश खनाल शैलेस लगायतका नेताहरुले टिका र खादा लगाएर स्वागत गरेका थिए । सोही अवसरमा वडा नम्वर छ को भुपेन्द्र चेपांगको नेतृत्वमा वडा कमिटी,राजकुमार गुरुङको नेतृत्वमा युवा संघ र सर्मिला चेपाङको नेतृत्वमा अखिल नेपाल महिला संघ वडा कमिटी गठन गरिएको छ ।