चितवनका पुराना कम्युनिस्ट नेता माओबादी केन्द्र परित्याग गरि एमाले प्रवेश ।

चितवनका पुराना कम्युनिस्ट नेता माओबादी केन्द्र परित्याग गरि एमाले प्रवेश ।

कुरिनटार-पुराना कम्युनिष्ट नेता कुलप्रसाद भुषालले नेकपा (माओवादी केन्द्र) परित्याग गरेका छन् । वैचारिक एवंम राजनीतिक हिसाबले माओवादी केन्द्रमा विषेश योगदान दिएका चितवन खैरहनी निवासी नेता भुषालले माओवादी पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
भुषाल नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य एवं चितवन क्षेत्र नम्वर १ (ख) का इन्चार्ज समेत थिए । बुधबार साँझ एमाले प्रवेश गरेका भुषालले सोही दिन राति सामाजिक सञ्जाल मार्फत नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएको बताएका थिए ।
खैरहनीमा बुधबार एक कार्यक्रम आयोजना गरि भुषाललाई नेकपा एमाले केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवालीले टिका लगाई पार्टीमा स्वागत गरे । सो अवसरमा एमाले केन्द्रीय सदस्य ज्ञवालीले भुषालको निर्णयको स्वागत गर्दै पार्टी भित्र उचित मुल्यांकन गर्ने बताए । नेकपा (एमाले) र माओवादी एकता भई पुनः विभाजन भएपछि एमालेमा आकर्षण बढेको भन्दै बाटो बिराएर एमाले छाडेर गएकाहरु पनि विस्तारै पार्टीमै फर्कने विश्वास व्यक्त गरे ।