पशुपतिका बाबामाथि खुकुरी हान्ने चितवनका एक पक्राउ

पशुपतिका बाबामाथि खुकुरी हान्ने  चितवनका  एक  पक्राउ

काठमाडौं, १५ असोज । प्रहरीले पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई शुक्रबार पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई पक्राउ गरिएको हो।

उनलाई बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। पक्राउ परेका लामिछानेमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।