शहिदलखन ६ रानागाउँमा दोश्रो चण्डेश्वरी खुल्ला फुटबल प्रतियोगिता हुने

शहिदलखन ६ रानागाउँमा दोश्रो  चण्डेश्वरी खुल्ला  फुटबल प्रतियोगिता  हुने

गोरखा : शहिदलखन गाउँपालिका ६ राना गाउँमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । “लागू पदार्थ दुव्यर्सन विरुद्ध एक जुट हौँ स्वच्छ समाजको निर्माण गरौँ” भन्ने मुल नाराका साथ बिजय दशमी तथा शुभ दिपावलीको पावन अवसरमा चण्डेश्वरि युवा क्लब शहिद लखन ६ रानागाउँको आयोजनामा दोश्रो चण्डेश्वरी खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो।
प्रतियोगिता असोज २०गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता टिमले रु. ४४ हजार ४४४ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले रु. २२ हजार २२२ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।उत्कृष्ठ खेलाडी तथा गोल किपरका लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
टिम दर्ताका लागि रु ४ हजार ४४४ धरौटीवापत १ हजार १११ गरि रु ५ हजार ५५५ लाग्ने छ । रातो कार्डका लागि रु ३०० र पहेँलो कार्डका लागि रु १५० लाग्ने छ ।प्रतियोगितमा सहभागी जनाउनका लागि असोज १९ गतेदेखि २० गते बिहान १० बजे सम्म टिम दर्ता गरिसक्नुपर्ने छ ।
थप जानकारीका लागि बिकास थापा ९८०५८३२७५२ , जिवन राना ९८२५२६८९४२ , सुगम थापा ९८०६५४८११३ र सन्जिप थापा ९८१६६११०३१ मा सम्पर्क गर्नसक्नुहुने छ ।
खेलमा सहभागी हुने सम्पुणर् खेल खेलाडिहरुले खानार बस्नको व्यवस्था स्वंयम टिमले गर्नु पर्ने आयोजकले जनाएको छ ।