३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

विराटनगर : ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती (गोरे) सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो। यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय तोकिएको जानकारी दिए। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उनले जानकारी दिए।
गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थियो।
