आजको मौसम : बाग्मतीका र प्रदेशक १ का एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

आजको मौसम : बाग्मतीका  र प्रदेशक  १ का एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ,२९ असोज। हाल देशको पुर्वी भुभागमा उत्तरपश्चिमी बंगालको खाँडीमा अवस्थित निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र बाग्मती पहाडी भुभागका एक– दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।