इच्छाकामना पोलिक्लिनिकको बार्षिकोत्सवको अवसरमा बृहत् स्वास्थ्य शिविर हुने

इच्छाकामना पोलिक्लिनिकको बार्षिकोत्सवको अवसरमा बृहत् स्वास्थ्य शिविर हुने

कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको इच्छाकामना पोलिक्लिनिक प्रा.लि दोश्रो बर्षमा प्रवेश गरेको छ । बार्षिकत्सवको अवसर पारेर बृहत् स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
इच्छाकामना पोलिक्लिनिक कुरिनटार र मौलाकालिका अस्पताल चितवनको संयुक्त आयोजनामा यही कार्तिक १३ गते स्वास्थ्य शिविर हुने भएको हो ।
शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गरिने इच्छाकामना पोलिक्लिनिक कुरिनटारले जनाएको छ ।

शिविरमा उपलब्ध सेवाहरु
१,वरिष्ठ प्रसुती प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. केशवराज भुर्तेलद्वरा विरामी जाँच गरिन्छ ।
२, वरिष्ठ रेडियोलोजिष्ट डा.रमेश घिमिरेद्वारा भिडियो एक्सरे गरिने छ ।
, वरिष्ठ फिजिसियन पेट, छाती,मुटु थाइराइड, मधुमेह, विशेषज्ञ डा. प्रतिक न्यौपानेद्वारा विरामी जाँच गरिन्छ ।
साथै इच्छाकामना पोलिक्लिनिकको बार्षिकोत्सवको अवसरमा सोही दिन ओपिडी टिकट, पाठेघरको मुखको क्यान्सर सम्बन्धि र सुगर जाँच निशुल्क गरिने जनाएको छ ।