इच्छाकामना पोलिक्लिनिकमा स्वास्थ्य शिविर, २५०जनाले गराए स्वास्थ्य जाँच तथा उपचार

इच्छाकामना पोलिक्लिनिकमा स्वास्थ्य शिविर, २५०जनाले गराए स्वास्थ्य जाँच तथा उपचार

कुरिनटार : चितवनको इच्छाकामना४ कुरिनटारमा एक दिने स्वास्थ्य शिविरमा सम्पन्न भएको छ । इच्छाकामना पोलिक्लिनिक कुरिनटार र मौलाकालिका अस्पताल चितवनको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
उक्त स्वास्थ्य शिविरमा २५० जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् ।शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा विरामीको स्वास्थ्य जाँच तथा उपचार गराएका थिए । वरिष्ठ प्रसुती प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा.केशवराज भुर्तेल,वरिष्ठ रेडियोलोजिष्ट डा.रमेश घिमिरे र वरिष्ठ फिजिसियन पेट, छाती,मुटु थाइराइड, मधुमेह, विशेषज्ञ डा.प्रतिक न्यौपानेद्वारा विरामीको स्वास्थ्य जाँच तथा उपचार गराएको इच्छाकामना पोलिक्लिनिक कुरिनटारले जनाएको छ ।
साथै इच्छाकामना पोलिक्लिनिकको बार्षिकोत्सवको अवसरमा ओपिडी टिकट, पाठेघरको मुखको क्यान्सर सम्बन्धिर सुगर जाँच निशुल्क गरिएको थियो । इच्छाकामना पोलिक्लिनिक दोश्रो बर्षमा प्रवेश गरेका हुन् ।