कांग्रेस इच्छाकामना ४ को डाडाँबारी सोराथोक टोल कमिटी गठन, एमाले र माओवादीका १७ जना कांग्रेसमा प्रवेश

कांग्रेस इच्छाकामना ४ को डाडाँबारी सोराथोक टोल कमिटी  गठन,  एमाले र माओवादीका १७ जना कांग्रेसमा प्रवेश

कुरिनटार, १६ कार्तिक । नेपाली कांग्रेस इच्छाकामना ४ को डाडाँबारी सोराथोक टोल कमिटीको सभापतिमा रमेश सदाशंकर चयन हुनुभएको छ । आज भएको टोलभेलाले सदाशंकरको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
यसैबिच डाडाँबारी सोराथोक टोलको महिला सभापतिमा विष्णुमाया चेपाङ चयन हुनुको छ । चेपाङको नेतृत्वमा २३ सदस्यीय टोल कमिटी समिति चयन गरिएको हो ।
नेपाली कांग्रेस इच्छाकमनाका पार्टी सभापति तथा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथि तथा वडा नम्बर ४ का पार्टी सभापति राजेन्द्रदेव त्रिपाठीको सभापतित्वमा भेला सम्पन्न भएको हो । उक्त भेलामा गाउँपालिका प्रवक्ता सावित्री गुरुङ, वडानम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ सिलवाल, तरुण दल इच्छाकामनाका सभापति होम बहादुर सिलवाल (जीवन) लगायतको आतिथ्य रहेका थिए ।
नोपली कांग्रेस इच्छाकामना ४ को ७ टोल मध्ये आज डाडाँबारी सोराथोक टोल भेला सम्पन्न भएको हो ।
साथै विभिन्न पार्टी परित्याग गरि १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । टोलभेलाको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रका १७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।