नेपाली कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित (मतसहित)

नेपाली कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित (मतसहित)

नेपाली कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी लक्ष्मण गुरुङलाई ५८ मतको अन्तरले पराजित गर्दै लामिछाने सभापतिमा निर्वाचित भएका हुन् । लामिछानेले ५०३ मत प्राप्त गरे भने गुरुङले ४४५ मत प्राप्त गरे ।

यस्तै सचिवमा निर्मल कुमार राना र प्रल्हाद उप्रेती निर्वाचित भएका छन् । रानाले ४५५ र उप्रेतीले ४०६ मत प्राप्त गरे । अन्य प्रतिस्पर्धीहरु काशीराम गिरी (३६२), विकास पौडेल (३४९) र ध्रुवराज सुवेदी (१७७) मत प्राप्त गरे ।

यसैगरि सह–सचिवमा श्रृजना बसौला देवकोटा र कृष्णकुमारी पन्त निर्वाचित भएका छन् । पन्तले ३७८ र बसौलाले ३१२ मत प्राप्त गरे । भवानीदेवी अधिकारी (३०६), रामजी पौडेल (२९७), विष्णुहरि खनियाँ (१९१), इन्द्रबहादुर घलान (१२४) र महेन्द्र थापा मगर (११९) मत प्राप्त गरे ।

उद्योग वाणिज्य संघ, चितवन, नारायणगढमा भएको मतदानमा ९९४ जनाले मतदान थिए । यस निर्वाचन क्षेत्रमा १००४ जना मतदाता रहेका थिए ।