छोरी आयुशीको जन्मदिनको अवसरमा आश्मा गुरुङद्वारा राममायाको उचारका लागि आर्थिक सहयोग

छोरी आयुशीको जन्मदिनको अवसरमा  आश्मा गुरुङद्वारा   राममायाको उचारका लागि आर्थिक सहयोग

चितवन : चितवनको इच्छाकामना गाउँपालिका २ बाँसपुरका राममाया गुरुङको उपचारका लागि आर्थिक सहयोग जुटीरहेको छ ।
हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । विगत केही बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराका तिर्सना गुरुङको पहलमा उपचार भइरहेको छ ।
यसैबिच चितवनको इछाकामना ३ चौताराका आश्मा गुरुङले आफ्नो छोरी आयुशी घलेको जन्मदिनको अवसरमा रामाया गुरुङको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले १० हजार १० रुपैयाँ सहयोग गर्नुभएको हो ।
पुरानो मेडिकल कलेज चितवनमा अपरेशन पछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिएपनि आर्थिक अभाव भएपछि घर फिर्ता गरिएको थियो । अहिले विभिन्न मनकारीको सहयोगमा उपचार भइरहेको छ ।
उहाँको उपचारका लागि सहयोग गर्न चाहनेहरुले ९८६५०८०३५४ मा सम्पर्क गर्न सक्नुहुने छ ।