नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ

मुग्लिन : नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ निर्वाचित एका छन् । आज मुग्लिनमा सम्पन्न प्रथम सम्मेलनले गुरुङलाई सर्वसम्मत चयन गरिएको हो । यसैबिच उपाध्यक्षमा सावित्रा सिलवाल, हरि बहादुर थापा र राम प्रसाद बोहोरा ,सचिवमा रामहरि कडेँल र कोषाध्यक्षमा सम्झना खड्का सिलवाल चयन भएका छन् । सम्मेलनले ५५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो । सम्मेलनको प्रदेश सांसद घनश्या दाहालले उद्घाटन गर्नुभएको थियो ।प्रमुख अतिथि समेत रहनुभएका सांसद दाहालले निर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।