केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेका काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ को हुन् ?

चितवन : नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा सोमबार आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तिहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको हो ।
प्रखर बक्ता श्रेष्ठको उम्मेदवारी घोषणामा जिल्लाका तीन क्षेत्रका ७९ जना महाधिबेशन प्रतिनिधि मध्ये झण्डै ६० जनाको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ्, पूर्ब सभापति कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ्, प्रदेश सभा सदस्य बलराम पौडेल, जिल्ला सभापतिका आकांक्षिहरु कैलाश कोईराला, उत्तम जोशी, प्रा।डा। सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र बिजय भूषालको समेत उपस्थिति रहेको थियो ।
घोषणा सभामा आफ्नो उम्मेदवारी घोषणा गर्दै उहाँले काँग्रेस चितवनले ७५ वर्षको इतिहाँसमा अहिले सम्म केन्द्रिय सदस्य पाउन नसकेको बताउँनुभयो । जसले गर्दा काँग्रेस चितवनलाई केन्द्रले दाँया, बाँया गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “काँग्रेसको ७५ वर्षको इतिहाँसमा अहिले सम्म केन्द्रिय सदस्य पाउन सकेको छैन । यो तोड्नका लागि सबै एक भएर निर्वाचनमा होमिनु जरुरी छ ।”आफ्नो उम्मेदवारी आदिवासी कोटाबाट केन्द्रिय सदस्यमा रहेको भन्दै उहाँले जिल्लाबाट उम्मेदवार रहेका सबै उम्मेदवारलाई सहयोग गर्न महाधिबेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
को हुनुहुन्छ श्रेष्ठ
नेपाली काँग्रेसका नेता स्व।बलबहादुर श्रेष्ठको साइलो छोराको रुपमा जन्मनु भएका जीतनारायण श्रेष्ठ नेपाली काँग्रेस,चितवनको राजनीतिमा एक उदयमान ताराको रुपमा चिर परिचित हुनुहुन्छ । लामो समय शक्तिखोर गाउँबिकास समितिको अध्यक्ष हुनु भएका बुबा स्व।बलबहादुर श्रेष्ठ र साविक शक्तिखोर गाविस नेपाल महिला संघका संस्थापक अध्यक्ष रहनु भएकी आमा तिल कुमारी श्रेष्ठका कारण उहाँको परिवार सम्पूर्ण रुपले नेपाली काँग्रेसको राजनितिमा समर्पित थियो ।
यसै पारिवारीक पृष्ठभूमिका कारण बाल्यकाल देखिनै नेपाली काँग्रेसको राजनितिमा लाग्नु भएका जीतनारायण श्रेष्ठ समसामयीक राजनीति र घटना क्रमलाई स्पष्ट रुपबाट जनता समक्षा प्रस्तुत गर्न सक्ने प्रखर बक्ताको रुपमा स्थापित हुनुहुन्छ ।
१२ वर्षको उमेरमा कक्षा ६ मा पढ्दै गर्दा वि। सं। २०४८ सालको आम निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका स्व।डा। गंगाधर लम्साल र नेपाली काँग्रेसको पक्षमा मत माग्न र मतदाताका लागि नेपाली काँग्रेसको पक्षमा प्रभावित पार्ने सन्दर्भमा कम्युनिष्टहरुलाई बैचारीक र समसामयीक रुपमा तेजोबोध गर्दै श्रेष्ठले राजनैतिक यात्रा सुरु गर्नु भएको थियो । नेपाल बिद्यार्थी संघ चितवनको अध्यक्ष हुँदै नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सदस्य र सचिब हुँदै १३ औ महाधिबेशनबाट सभापति पदमा निर्बाचित श्रेष्ठ नेपाल राज्य भरीकै कान्छो जिल्ला सभापतिको रुपमा परिचित हुनुहुन्छ ।
चितवन जिल्लाको बिकट मानिने साबिक शक्तिखोर गाविस वडा नम्बर ६ हाल कालिका नगरपालिका वडा नम्बर ९ मा जन्मनु भएका जीतनारायण श्रेष्ठ स्पष्ट बक्ता र सबै संग घुलमिल हुन सक्ने मिलनसार व्यत्तित्व हुनुहुन्छ । तत्कालिन जुटपानी गाउँ पञ्चायतका उपप्रधानपञ्च रहनु भएका उहाँका हजुरबुबा स्व। हर्कवहादुर श्रेष्ठ र २५ वर्ष सम्म निरन्तर साबिक शक्तिखोर गाबिसको अध्यक्ष रहनु भएका स्व। बुबा बलवहादुर श्रेष्ठको प्रेरणाबाट नेपाली काँग्रेसको राजनितिमा संलङ्न हुनु भएको उहाँको रुची अध्ययन, भ्रमण र समाजसेवा रहेको छ । अर्थशास्त्रमा स्नाकोत्तर गर्नुभएका श्रेष्ठ विद्यालय व्यवस्थापन समितिको सदस्य , नेपाल रेडक्रस सोसाईटी शक्तिखोरका संस्थापक सभापति भई हाल शहिद स्मृति बहुमुखी क्याम्पसका सल्लाहकार रहनुभएको छ ।
बिद्यार्थी राजनितिबाट क्रमश नेपाली काँग्रेसको राजनितिमा उदाउनु भएका श्रेष्ठले जिल्लामा नेपाली कांँग्रेसको राजनीतिक नेतृत्व गरेसंगै उहाँको राजनितिक यात्रा निरन्तर अघि वढेको छ । झण्डै साढे पाँच वर्षको जिल्ला सभापतिको जिम्मेवारी संहाल्दै गर्दा नेपाली कांँग्रेसको संगठन विस्तार र संस्थागत निर्णयको परिपाटी बसाउनमा उहांँको भूमिका महत्वपूर्ण रह्यो । जिल्लाको सफल नेतृत्व गरिसक्नुभएका श्री श्रेष्ठको अबको यात्रा नेपाली कांँग्रसेको १४ औं महाधिबेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी रहेको छ । हालसम्म चितवन जिल्लाबाट नेपाली कांँग्रेसको केन्द्रिय राजनीतिमा प्रत्यक्ष पहुंँच विस्तार नभएको अवस्थामा उहांँको उम्मेदवारी आम जिल्लावासीहरुको लागि आशा र भरोसाको केन्द्रविन्दु बन्न गएको छ ।
