प्रेस सेन्टरको नेपालको चौथो राष्ट्रिय सम्मेलन आजदेखि चितवनमा सुरु हुदैँ

प्रेस सेन्टरको नेपालको  चौथो राष्ट्रिय सम्मेलन आजदेखि चितवनमा सुरु हुदैँ

चितवन : प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन आजदेखी सुरु हुने भएको छ । चितवनमा हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
आज र भोली दुई दिन सम्म चल्ने सम्मेलनमा सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् ।सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुने छन् । यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिनुभयो । सम्मेलनमा सहभागी हुन हिजो शुक्रबार नै प्रतिनिधिहरु चितवन आइपुगेका छन् ।

राष्ट्रिय सम्मेलनको नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो ।