कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान हुदैँ , वागमतीमा त्रिपक्षीय भीडन्त हुने

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान हुदैँ , वागमतीमा  त्रिपक्षीय भीडन्त हुने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान हुने भएको छ। प्रदेश समिति निर्वाचनमा मिश्रित समीकरण बनेको छ। कतै देउवा–सिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवा – पौडेल –सिटौला र निधि समूहबीच त्रिपक्षीय भिडन्त हुने छ।
प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन जारी छ। शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।
प्रदेशसभाको सभापतिको उम्मेदवार बन्ने आकांक्षी धेरै भएपछि दुवै पक्षलाई उम्मेदवार छान्न कठिन भएको थियो। सोही कारण प्रदेशसभा अधिवेशनको कार्यतालिका परिवर्तन गर्दै १६ गते उद्घाटन र १७ गतेका लागि मनोनयन दर्ता का साथै १८ गते मतदान गर्ने कार्यतालिका बनाइएको थियो।
प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुनेछ। कोषाध्यक्ष भने मनोनित पद हो।प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसद प्रदेश अधिवेशनका मतदाता हुन्।

यसैबिच कांग्रेस बागमती प्रदेश सभापतिमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । रामचन्द्र पौडेल पक्षका उम्मेदवार जगदीश्वर नरसिंह केसी, कृष्ण सिटौला पक्षको नेता भीमसेनदास प्रधान र पार्टी सभापति शेरबहादुर देउवा पक्षको इन्द्रबहादुर बानियाँले प्रदेश सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेस वरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह, गगन थापालगायतको समर्थन पाएका सिंहले प्रदेश सभापतिमा उम्मेदवारी दिएका हुन्। उनको प्यानलबाट उपसभापतिहरूमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी रहेका छन्।

त्यस्तैगरी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल र कन्चन वादे श्रेष्ठ रहेका छन्। सहमहामन्त्रीमा जीवन डङ्गोल, ऋषिराम घिमिरे र दिलबहादुर तामाङले उम्मेदवारी दिएका छन्।

त्यस्तै, बानियाँको प्यानलबाट उपसभापतिहरूमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम रहेका छन् भने महामन्त्रीहरूमा तिलक रुवाली र राजु श्रेष्ठले उम्मेदवारी दिएका छन्।