कांग्रेस १४ औँ महाधिवेशन : ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध

कांग्रेस १४ औँ  महाधिवेशन :  ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध

काठमाडौं : आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समिति सदस्य तेज रावलका अनुसार प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्।

यो क्लस्टरबाट जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको रावलले बताए। ढुंगाना र रिजाल दुवैजना संस्थापन पक्षका हुन्।