मनकामना मन्दिरमा दर्शनार्थीको घुइँचो

मनकामना मन्दिरमा दर्शनार्थीको घुइँचो

मनकामना : गोरखाको सहिद लखनगाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा शनिबार र आइतबार दर्शनार्थीहरुको भीड लागेको छ ।लकडाउनपछि शनिबार सबै भन्दा धेरै दश हजार भन्दा बढी दर्शनार्थीहरु मनकामना मन्दिर पुगेका थिए ।शनिबार केबलकारबाट मात्र ९ हजार ४३० जना दर्शनार्थीहरु मन्दिर पुगेको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताउनुभयो ।
उहाँका अनुसार लकडाउनपछि एकैदिन ९ हजार बढीले केबलकार चढेको पहिलो पटक हो । शनिबार राती १२ बजे सम्म केबलकार सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

यसैबिच शुक्रबार पनि ६ हजार ५ सय जना केबलकार चढेर मनकामना मन्दिर पुगेको उहाँले बताउनुभयो ।
केबलकार बाहेक मोटरबाटो र पैदल मार्ग मार्फत पनि दर्शनार्थीहरु मनकामना मन्दिर पुग्ने गर्छन् ।
मनकामना मन्दिरमा दर्शनार्थीहरु आउने क्रम बढेपछि कोरोनाको महामारीसगैँ लकडाउन हुदाँ मारमा परेका स्थानीय व्यवसायीहरु खुशी भएका छन्