इच्छाकामनाको चुम्लिङटारमा बस दुर्घटना हुदाँ नौ जना घाइते, अवरुद्ध राजमार्ग सुचारु

इच्छाकामनाको चुम्लिङटारमा बस दुर्घटना हुदाँ नौ जना घाइते, अवरुद्ध राजमार्ग सुचारु

चितवन : पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा आज विहान रात्रीबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।काकडभित्ताबाट काडमाडौतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०३३० नम्बरको बस विहान ४ः४५ बजे बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका मध्ये काठमाडौंको शंखरापुरा नगरपालिका–३ का ६५ वर्षीय रञ्जित तामाङको अवस्थामा गम्भिर रहेको चितवन प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौं लगिएको चितवन प्रहरीले जनाएको छ ।अन्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि अवरुद्ध राजमार्ग अहिले विहान ७ : ३० बजेदेखी दुईतर्फी सञ्चालनमा आएको छ ।