श्रम रोजगार तथा यातायात मन्त्री दाहालद्वारा १२ योजनाकालागि इच्छाकामनामा १ करोड १० लाख बजेट विनियोजन

कुरिनटार : श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले इच्छाकामनामा १ करोड १० लाख बजेट विनियोजन गर्नुभएको छ । आर्थिक बर्ष २०७८/७९को विभिन्न विकास शिर्षकमा प्रदेश संसद क्षेत्र विकास कोष मार्फत उक्त रकम विनियोजन गर्नुभएको हो । मन्त्री दाहालले विभिन्न १२ योजनाहरु छनौट गरि बजेट विनियोजन गर्नुभएको हो ।
विनियोजित बजेट तथा कार्यक्रमहरु
१,वडा नम्बर ७ ढाडबारी माथिल्लो स्याङ्गदी सडक स्तरोन्नती रु १५ लाख,
२,वडा नम्बर ५ माथिल्लो बेसी थाकल डाँडाबाट नयाँ ट्रयाक रु.१० लाख
३,वडा नम्बर ३ चौतारा, गोपे,ओरेकबाट नयाँ ट्रयाक रु ८ लाख
४,वडा नम्बर ५ को मुख्य टोलबाटो नयाँ ट्रयाक रु. ५ लाख
५,वडा नम्बर २ को भोटे गाउँबाटो थप ट्रयाक रु .७ लाख
६,वडा नम्बर ३ को फिस्लिङ्ग धुषा सडक स्तोरन्नती रु. १० लाख
७,वडा नम्बर ४ को राष्ट्रिय आधारभूत विद्यालय संरक्षण पहिरो लामीडाँडाँ रु. १२ लाख
८,वडा नम्बर ७ राष्ट्रिय आधारभूत विद्याय घेराबार कापे रु.७ लाख
९,वडा नम्बर २ को राष्ट्रिय आधारभूत डाँडा गाउँ रु ८ लाख
१०,वडा नम्बर ५ को खर्पन सामुदायिक योग शिविर भवन रु.१० लाख
११,वडा नम्बर ५ थकाली सेवा समाजको कम्पाउण्ड भित्र मर्मत रु १० लाख
१२, वडा नम्बर १ को हात्तिवाङ स्वास्थ्यचौकी उपकरण खरिद रु.८ लाख
