नेकपा माओवादी केन्द्रको रााष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत हुँदै, काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आजबाट सुरु

नेकपा  माओवादी केन्द्रको रााष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत हुँदै, काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आजबाट सुरु

काठमाडौं : महाधिवेशनमा परिणत हुने भनिएको नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । आउँदो मंगलबारसम्म चल्ने महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु हुन लागेको हो ।
यसअघि शनिवार अबेरसम्म बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय पनि पारित गरेको छ । आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय समितिको बैठकले भने यसबारे आधिकारिक निर्णय गर्ने बताइएको छ । बिचारको बहस गर्ने भनेर डाकिएको राष्ट्रिय सम्मेलनले अब महाधिवेशनमार्फत नेतृत्वको बारेमा पनि छलफल गर्ने बाटो खुल्ला हुने संकेत गरेको छ ।

२१औं शताब्दीको समाजवादको नेपाली बाटो कस्तो हुने भन्ने बिषयमा छलफलका लागि सम्मेलनको आयोजना गरेको राजधानीका विभिन्न मिडियाका पत्रकारसँग बताएका पार्टीका अध्यक्षले एक्कासी महाधिवेशनको प्रस्ताव गरेका हुन् । अब गर्ने भनिएको महाधिवेशन आठौँ महाधिवेशन हुने बताइएको छ ।