युवा व्यवसायी रेशम गुरुङद्धारा रा.आ.बि.पैरेनिका विद्यार्थीहरुलाई पोसाक वितरण

युवा व्यवसायी रेशम गुरुङद्धारा रा.आ.बि.पैरेनिका विद्यार्थीहरुलाई पोसाक वितरण

चितवन : केटिएम अटो बाईक एण्ड स्कुटी जोन (KTM Auto Bike and Scoty Zone)तिनकुने काठमाडौका प्रोपाइटर रेशम गुरुङले राष्ट्रिय आधारभूत बिद्यालय इच्छाकामना ६ पैरेनिका विद्यार्थीहरुलाई पोसाक सहयोग गर्नुभएको छ । उक्त विद्यालयका भूपु विद्यार्थी समेत रहनुभएका गुरुङले ५६ पिस विद्यालय पोसाक सहयोग गर्नुभएको हो । उहाँका बुबा देबिलाल गुरुङले विद्यालयमै पुगेर पोसाक वितरण गर्नुभएको हो । गुरुङ व्यवसायसगैँ सामाजिक कार्यमा निरन्तर सक्रिय हुनुहुन्छ ।