नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठलाई इच्छाकामनामा भव्य स्वागत (भिडियो सहित )

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठलाई  इच्छाकामनामा भव्य स्वागत (भिडियो सहित )

कुरिनटार : बागमती प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित अञ्जनी श्रेष्ठलाई चितवनको इच्छाकामनामा भव्य स्वागत गरिएको छ । सोमबार इच्छाकामना गाउँकमिटीले कुरिनटारमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
इच्छाकामनाका पार्टी सभापति कृतिकुमार श्रेष्ठ लगायत स्थानीय पार्टी कार्यकर्ताहरुले अविर खदा लागएर भव्य स्वागत गरेका थिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा गाउँपालिकाका प्रवक्ता सावित्री गुरुङ, वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष मुक्ति सिलवाल, वडा सभापति याम नारायण त्रिपाठी, कर्ण बहादुर गुरुङ,तरुण दल इच्छाकामनाका सभापति होम बहादुर सिलवाल जीवन लगायतको उपस्थिति रहेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री मिलन बाबु श्रेष्ठले इच्छाकामना आफ्नो क्षेत्र मात्र नभई इच्छाकामना प्रति आफ्नो माया मोह भएकाले मन्त्री भएपश्चात यो क्षेत्र भएर जिल्ला आएको बताउनुभयो ।यहाँको विकासका लागि आफु निरन्तर लागी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले तत्काल दुई/तीन वटा विकासका कार्यक्रम तत्काल दिन सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘इच्छाकामना मेरो क्षेत्र मात्र नभई इच्छाकामना प्रति मेरो माया मोह छ, त्यसैले यही क्षेत्रको बाटो भएर आएको हुँ, यहाँको विकास लागि तत्काल दुई/ तीन वटा कार्यक्रम तत्काल दिन सकिन्छ, पार्टी सभापति,गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठसंग सल्लाह छलफफल गरेर तत्काल दुई तीन वटा योजना दिनेछु ।’
कार्यक्रम पार्टीका वडा सचिव दोणराज सिलवालले संचालन गर्नुभएको थियो ।
यसैबिच बागमती प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित अञ्जनी श्रेष्ठलाई वडा नम्बर ५ मुग्लिनमा समेत वडा कमिटीले भव्यस्वागत गरेका थिए ।
https://www.youtube.com/watch?v=fV-vPlsPkrwhttps://www.youtube.com/watch?v=fV-vPlsPkrw