माओवादी केन्द्रको महाधिवेशन : केन्द्रिय सदस्यका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन माग

माओवादी केन्द्रको महाधिवेशन : केन्द्रिय सदस्यका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन माग

काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनका प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशको तर्फबाट सो माग उठेको हो । बुधबार प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै एकजना प्रतिनिधिले भनिन्, ‘पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ ।’

संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति र कोभिडले अर्थतन्त्रमा पारेको प्रभावबारे पनि उल्लेख गर्न पनि उनले सुझाव दिइन् ।