कांग्रेस चितवन सभापतिमा लोकप्रिय सांसद मिलनबाबु श्रेष्ठको उम्मेदवारी घोषणा

चितवन : बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठले सोमबार कांग्रेस चितवनको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिमा यस अघि नै निर्वाचित भएका मिलनबाबु श्रेष्ठले आज भरतपुर अवस्थित होटल ग्लोबलमा आयोजित कार्यक्रममा कांग्रेस चितवनको जिल्ला सभापतिमा उमेदवारी घोषणा गरेका हुन् ।
उनले जिल्लामा कांग्रेसको संगठन चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
सकेसम्म सहमतिबाटै नसके निर्वाचनबाट भए पनि आफू सभापति बन्ने उनले दाबी समेत गरे ।
उनले पार्टीलाई बलियो बनाउन र अगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको स्पष्ट पारे । साथै काग्रेँसमा सबैका समान सहभागीता सूनिश्चितता गराउन पनि आफ्नो उम्मेदवारी रहेको थप प्रष्ट पारे ।
