मिनि ट्रक दुर्घटना हुदाँ ३ जनाको मृत्यु, दुई जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगियो

मिनि ट्रक दुर्घटना हुदाँ ३ जनाको मृत्यु, दुई जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगियो

गोरखा, मिनि ट्रक दुर्घटना हुदाँ गोरखामा ३ जनाको मृत्यु भएको छ। आरुघाटबाट माछिखोला तर्फ जाँदै गरेको बा ५ख ६५६६ नम्बरको को मिनी ट्रक आज विहान ११: ५५ बजे धार्चे गाउँपालिका ५ स्थित माछि खोला बजार नजिक आरुघाट माछिखोला सडकखण्डमा सडक देखि १०० मिटर तल बुढी गण्डकी नदीको किनारमा खसी दुर्घटना हुदाँ धादिङको त्रिपुरासुन्दरी गापा ४ घर का मिनी ट्रकका चालक बर्ष अंन्दाजी २३ को निराजन नेपाल,
गोरखाको धार्चे गापा ३ उहिया बस्ने शरणी गुरुङको छोरी बर्ष अंन्दाजी २ कि सपना गुरुङ र हाल सम्म नामथर वतन खुली सनाखत हुन नसकेको बर्ष अंन्दाजी २० को पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा परि अन्य ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइते हुनेहरुमा गोरखाको धार्चे ३ उहिया बस्ने अन्दाजी बर्ष २० को आशमान गुरुङ, सोही ठाउँ बस्ने बर्ष २६ कि शरणी गुरुङ र धार्चे ५ माछिखोला बस्ने बर्ष १९ कि अस्मिता गुरुङ छन् । ।
घाइते मध्ये शरणी गुरुङ र अस्मिता गुरुङलाई प्रभु एयरको हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाण्डौ स्थित टिचिङ अस्पतालमा पठाईएको प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । अर्का घाइते आशमान गुरुङको भने आरुचनौटे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ ।