माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चितवनका ९ जना मनोनित

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा  चितवनका ९ जना मनोनित

चितवन: नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रस्ताब गर्नुभएको २३६ सदस्यीय केन्द्रीय समितिको नामावली पारित भएको छ । बन्दसत्रमा प्रचण्डले माओवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा क्लस्टर मिलाएर २३६ जनाको नाम प्रस्ताव गर्नुभएको हो । जसमा अध्यक्ष प्रचण्डसहित चितवनबाट नौं जना केन्द्रीय सदस्यमा परेका छन् ।

चितवनबाट पुष्प कमल दाहाल प्रचण्ड, नारायण दाहाल , सुर्य सुवेदी पथिक, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, गंगा बेलबासे, ज्ञानु बस्नेत सुवेदी, नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियार, इश्वरी भट्टराई र सन्तु दराई मनोनित हुनुभएको छ । उक्त केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।