त्रिवेणी बराह मावि मुग्लिनका अभिभावकहरुको चेतावनी : तीन दिन भित्र भेला नबोलाए विद्यालयमा तालावन्दी

त्रिवेणी बराह मावि मुग्लिनका अभिभावकहरुको चेतावनी : तीन दिन भित्र भेला नबोलाए विद्यालयमा तालावन्दी

मुग्लिन: चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिनमा रहेको त्रिवेणी बराह माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा विवाद बढ्दै गएको छ । विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा उक्त विद्यालयमा लामो समयदेखि विवाद भैरहेकोमा शुक्रबार एउटा पक्षले अभिभावक भेला माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार ३ दिन भित्र विद्यालय पक्षले अभिभावक भेला नबोलाएमा विद्यालयको प्रशासन शाखामा तालावन्दी गर्ने चेतावनी दिएको छ । उनीहरुका अनुसार विद्यालय प्रशासनले सरोकारवालाहरुसँग छलफल नै नगरी एकपक्षीय ढंगबाट गैरकानुनी रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरेको, विद्यालयमा विभिन्न किसिमका गैरकानुनी कामहरु भैरहेको, विद्यालयले गाउँपालिकाको शिक्षा शाखाले दिएको निर्देशनहरुको पालना नगरेको जस्ता आरोपहरु लगाइएको छ ।

गाउँपालिकाले नवगठित विद्यालय व्यवस्थापन समिति ऐन र नियमावली सम्मत नभएको भन्दै पुस १३ गते पुन भेला गरि समिति गठन गर्न पत्राचार गरेका थिए । विद्यालय व्यवस्थापन समिति गठन विवादसगैँ चार महिनादेखी तलब रोकेपछि पुस २१ गते विद्यालयका शिक्षकहरुले गाउँपालिकामा तालाबन्दी गरेका थिए ।